1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

आजको राशिफल (२०८१ श्रावण २२ गते, मंगलबार )



मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।

वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।

मिथुन –पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जांगर पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा नै होला ।

कर्कट –स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । सावधान रहनु होला ।

सिंह–व्यापार ब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । सानातिना काममा समय बित्ने दिन रहेका छ ।

कन्या –प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।

तुला – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

वृश्चिक–मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।

धनु –समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।

मकर–लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।

कुम्भ–बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडिकडाउको सिकार भइनेछ ।

मीन –सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।

बिशेष कुरा = कत्रा ऐना कहाँ राख्ने । बैठक कोठामा साना ऐना । सृंगार कोठामा र ब्यवाशाहिक प्रदर्शन कोठामा ठुला ऐना राख्ने ।
Where to put the mirror. Small mirrors in the living room. Place a large mirror in the dressing room and in the commercial display room.

बिशेष काममा विचार गर्नु पर्ने समयहरु ।

शुक्र होरा बिहान 08:06 देखि बिहान 08:14 सम्म ।
यो समयमा गरेको बिशेष काममा सबैको सहयोग मिल्ने नयाँ तरिकाका साथ काम गर्न सकिने छ । लाभदायी कम बन्नेछ ।

यमघंटक काल बिहान 08:50 देखि बिहान 10:30 सम्म ।
यो समय मंगल ग्रहको उपग्रह यमघंटकको असर दायक समय हो । यो समय महा अशुभ समय मानिन्छ । यो समयमा गरिएका कुनै पनि महत्वपूर्ण काममा मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा बताईएको छ ।

चन्द्र होरा मात्र बिहान 10:25 देखि बिहान 10:32 सम्म ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।

गुलिक काल दिउसो 12:10 देखि दिउसो 01:50 सम्म ।
गुलिक काल शनि ग्रहको उपग्रह अन्तर्गत प्रभाव समय भएकाले यो समयमा गरिएका नयाँ काम, ठुलो काम र जोखिम काममा बाधा हुन्छ । पूराहुन कठिन हुन्छ । त्यहि कामलाई दोहोर्याएर गर्नुपर्ने हुन्छ भनि पुरणहरुमा बताईएको छ ।

राहु काल दिउसो 03:30 देखि बेलुका 05:10 सम्म ।
यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
राहु कालमा सुरु गरिएका व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ,
मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला ।
पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment