झापा । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित जनता आधारभूत विद्यालयमा चोरी भएको छ।

गएराती विद्यालयको प्रशासनिक भवनमा चोरी भएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो।
विद्यालयबाट करिब ६ लाख रुपैयाँ बराबरका एक थान स्मार्ट बोर्ड, चार थान ल्यापटप, एक थान विद्युतीय हाजिरी उपकरण र एकसेट सिसिटिभी क्यामेरा चोरी भएको खरेलले बताउनुभएको छ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
तीन दिन अगाडिपनी बिर्तामोड ७ कै ज्येष्ट नागरिक भवनमा समेत चोरिको प्रयास भएको थियो ।
भवनका सबै ताला र दराज फुटाएको अवस्थामा स्थानियले थाहा पाएपछी चोर्नेको समुह फरार भएको थियो ।
प्रहरिले केही ब्यक्तिलाइ सोधपुछ गरिरहेको जनाइएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

