1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

आदर्श स्कुलका विद्यार्थीहरूको दुर्घटना विमा



झापा ।   झापाको बिर्तामोड स्थित आर्दश स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीहरूको लागि दुर्घटना विमा गरिदिएको छ। विद्यालयका सञ्चालक सन्जोक खरेलले जानकारी दिए अनुसार, कक्षा ११ का सबै विद्यार्थीहरूको रु २ लाख बराबरको दुर्घटना विमा गरिएको छ।

उक्त विमा हिमालयन एभरेष्ट इन्स्योरेन्स बिर्तामोडसँगको सहकार्यमा गरिएको हो। विमा अन्तर्गत, विद्यालयको समयमा कुनै दुर्घटनाबाट विद्यार्थीहरू घाइते भएमा उपचार खर्चका लागि रु १ लाख सम्मको सहायता उपलब्ध हुनेछ। यस्तै, विद्यार्थीको ज्यान गएमा अभिभावकलाई रु २ लाख क्षतिपूर्ति प्रदान गरिने हिमालयन एभरेष्ट इन्स्युरेन्स बिर्तामोड शाखा प्रमुख सुशिल थापा ले जानकारी गराउनु भयो।

हाल एक वर्षको लागि गराइएको यो विमालाई प्रभावकारिता हेरेर नविकरण गर्ने योजना रहेको विद्यालयले जनाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment