1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

लक्ष्मी आ. वि. विर्तामोडलाई दस लाखको अक्षयकोष



झापा ।  बिष्णु भेट्वाल र बिष्णुमाया भेट्वालको परिवारले आफ्नी छोरी निता भेट्वालका नाममा लक्ष्मी आ. वि. विर्तामोड ७ बिरानमा दस लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।

सो रकम आज एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक, ब्यवस्थापन समिति अध्यक्ष र वडा अध्यक्ष विच सर्तनामा मा हस्ताक्षर  गरि हस्तान्तरण  गर्नु भएको हो।

उक्त कोषबाट आउने ब्याजको ९०% रकम गरिब तथा जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ति दिने साथै आगामि दिनमा पनि विध्यालयलाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्दै बिष्णु भेट्वालले निता स्मृति  प्रतिष्ठान नामक संस्था खोलि देशमा शिक्षा क्षेत्रमा  सेवा गर्न सुरु गरिसकेको बताउनुभयो ।

अमेरिकालाई कर्म थलो बनाएर सबै परिवार उतै बसेपनि  नेपाल र नेपालीको मायाले नेपालमै आफ्नो कमाइको केहि अंश सेवामा खर्च गर्न सुरु गरेको उहाँको भनाइ थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर