1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा



झापा ।  झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा नहुने जानकारी प्राप्त भएको छ ।

सन्थाल समुदायको प्रमुख चाड सोहोराइ पर्वका अवसरमा बिदा घोषणा गरिएको हो।सोहोराइ पर्व सन्थाल समुदायको विशेष चाड हो, जुन माघ महिनामा विशेष उत्साहका साथ मनाइन्छ। यो चाड प्रकृतिको पूजा र समृद्धिको प्रतीक मानिन्छ। पर्वको अवसरमा सन्थाल समुदायले सामूहिक भेला भएर परम्परागत नाचगान तथा गीत गाउने प्रचलन छ।

बाली संकलन पछि सामूहिक रूपमा खुशीयाली साट्ने चलनका रूपमा यो पर्वलाई विशेष महत्त्व दिइन्छ। सामुदायिक एकता र परम्पराको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाइने गरिएको छ।सन्थाल समुदायको यो पर्वको सम्मानस्वरूप स्थानीय तहले बिदा दिएको बताइएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment