1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

झापामा ट्राफिक सप्ताह : तेस्रो दिन अटो चालक लक्षित कार्यक्रम सम्पन्न



झापा ।  झापामा सञ्चालित ट्राफिक सप्ताह २०८२ को तेस्रो दिन आज अटो चालकहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम तथा सवारी चेकजाँच सम्पन्न गरिएको छ।

बिर्तामोड नगरपालिका–३ स्थित पूर्वेली अटो रिकन्डिसन हाउसको सभाहलमा सम्पन्न कार्यक्रममा झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्राविधिक टोलीले अटोहरूको प्राविधिक परीक्षण गर्नुका साथै चालकहरूलाई सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण दिएको हो।

कार्यक्रम पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रालिका अध्यक्ष हरिप्रसाद बास्कोटा ले गर्नुभएको थियो। प्रमुख प्रशिक्षकका रूपमा झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख गणेश प्रसाद पौडेल रहनुभएको थियो।
वरिष्ठ अतिथिका रूपमा सहि राजकुमार बस्नेत, प्र लि का सल्लाकार तथा पुर्व अध्यक्ष धनशिग राजबशी बिर्ताबजार ट्राफिक पोस्टका इञ्चार्ज, स्थानीय अटो चालक र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन सल्लाहकार नवीन किशोर बिमली ले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव गणेश कोइरालाले गर्नुभएको थियो। व्यवसायी दिनेश अधिकारी को समेत उपस्थिति थियो।

यसअघि, असार ६ गते ट्राफिक सप्ताहको उद्घाटन दिन, बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरी निकालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो।
प्रभातफेरी सिटी सेन्टरको साई पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो, जसमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी को अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई को प्रमुख आतिथ्य रहेको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर