1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु



अच्युत सुबेदी, झापा –

झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु गरेको हो ।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सुरु कार्यक्रम आज ६ गतेबाट सुरु भएर १२ गते सम्म सञ्चालन हुने नायव पशु स्वास्थ्य प्राबिधिक बिष्णु भट्टराईले जानकारी दिए । आज बिर्तामोड नगरपालिका वार्ड नं. ७,८ र ९ को कार्यालयबाट उद्घाटन गउरएको कार्यक्रम सबै वडामा सञ्चालन हुने भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रुवकुमार सिवाकोटीले कुकुर र बिरालोबाट सर्ने रेबिज रोगबाट आम नागरिकलाई जोगाउन यो कार्यक्रम ल्याइएको र छुटेमा कार्यालय समयमा महिनाको १ गते र १५ गते नगरपालिकाको पशुपंक्षि तथा मत्स्य बिकास शाखामा निशुल्क खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले बिश्वले मनाएको रेबिज दिवस असोज १२ गते परेकाले त्यसको एक हप्ता अगाडीबाट नगरपालिकाले यो कार्यक्रम सुरु गरेको बताए । उनले सबैलाई यो कार्यक्रममा सहभागि भएर आपूmले पालेका कुकुर र बिरालालाई ल्याएर भ्याक्सिन लगाइदिन अनुरोध समेत गरे ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment