झापा-
मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१