झापा-
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । मेचिनगर – ७सतिघट्टा स्थायी बसोबास भएका लोकेन्द्र थपलियाले राजनितीमा बि.स.२०७० साल देखि नै पाइला सारेका हुन् ।
सानै देखि पढाईमा तिक्ष्ण, जोसिला, वाकपटुक्तामा पनि अब्बल , वहुआयामिक , शालिन साथै भद्र स्वभावका थपलिया मेची बहुमुखी क्यामपस नेबि संघ बिस्तार देखि लिएर २०७३ सालको स्व.वि.यु.निर्वाचनमा प्रत्यक्ष संलग्न भई विद्यार्थी हकहितका निम्ति लड्दै आएका छन । अबको नेपाली राजनीतिको नेतृत्व विकासमा युवाको पहल अपरिहार्य रहने उनको बुझाई छ । समाजको उन्नती र बिकासका निम्ति राजनितीमा सकारात्मक परिवर्तन आवश्यक छ र अब युवावर्ग अग्रसर भइ राजनितिक हस्तक्षेपका साथ अघि बढ्नुपर्ने वैचारिक धारणा रहेका छ्न् । उनी नेबि संघ झापा जिल्ला प्रवक्ता समेत हुन् ।
मेचिनगरको सह- सचिब पदमा उम्मेदवारी दिदै थपलिया अब राजनिती र नितिगत अभ्यासमा चौतर्फी परिवर्तन गर्ने चाहना राख्छन । उनी भन्छ्न् युवा परिवर्तनका सम्बाहक हुन् । अवसर पाए असम्भव कुनै कुरा छैन, परिवर्तन गर्न चिन्तनशील सोच अनि नवीन धारणाको आवश्यकता पर्दछ। जसरी ताली बजाउन दुवै हातको प्रयोग आवश्यक हुन्छ , त्यसरी नै युवाबर्गलाई अग्रजका मार्ग निर्देसन नितान्त आवश्यक छ। समाजका विभिन्न पक्षलाई सबल र सुदृढ बनाउदै सुब्यवस्थित समाज निर्माणका जोसिला खम्बा हुन युवा ।झ यस्तै नवीन अनि सकारात्मक सोचका साथ लोकेन्द्र थपलियाले आफ्नो उम्मेद्बारी दिएको बताएका छ्न् ।