1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

झापा : कोरोना अपडेट



झापा-

झापामा पछिल्लो २४ घण्टामा १९५ जनाको परिक्षण गर्दा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।   १३५ जनाको पिसिआर परिक्षण गर्दा ५४ जना र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ ।

संक्रमण पुष्टि भएकाहरु दमकका ११ जना, बिर्तामोडका १७ जना, गौरादहका १ जना, मेचीनगरका ६ जना, कन्काईका ९ जना, हल्दिवारीका ४ जना, अर्जुनधाराका ६ जना, बुद्धशान्तिका ४ जना, कमलका ३ जना, शिवसताक्षीका २ जना, तथा झापा गाउँपालिकाका २ जनासहित जम्मा ६५ जना रहेका छन् ।  झापामा कोरोनाका कुल संक्रमितको संख्या ३० हजार ५८८ जना पुगेको छ भने २३ हजार १२ जना निको हुँदा १ हजार ६० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सहित झापामा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Comment