1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक



 झापा –

बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका छन् । गत असार १० गते आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एककाराज कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्वयनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

यस्तै, पुस्तक सार्वजनिकिरण कार्यक्रम कै बिचमा बिर्तामोड नगरपालिकाले आचरण सचेतना शिक्षा पुस्तक समेत विमोचन गरिएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निशुल्करुपमा पठन पाठन गराउँदै आएको आचरण सचेतना शिक्षा पुस्तक बिमोचन गरेको हो । कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८ को पाठ्य पुस्तक विमोचन गरिएको जनाइएको छ ।

यसैबिच, बिर्तामोड नगरपालिकाले विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गादाता, अवकास प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गादाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत, वडा नम्बर ४ का भिमकला राउत, वडा नम्बर ९ का तोम प्रसाद पाठक, वडा नम्बर १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादव प्रसाद अधिकारी, अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी, सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरिएको छ ।

यस्तै, समाजसेवी बिर्तामोड नगरपालिका ४ का भक्ति प्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८को उत्कृष्ट कर्मचारीको रुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र सव वहान चालक खगेन्द्र प्रसाद मैनालीलाई समेत सम्मान गरेको छ ।

 

Comment