1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

७३ लाखको ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ



झापा –

बिर्तामोडमा ठुलो परिमाणको ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट ०।५ मिलिग्राम र मर्डीको साथबाट ४।५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई थप अनुसन्धान गर्दा बिर्तामोड( १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलव ३७ मिलिग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरिएको डिएसपी थापाले बताए । बरामद गरिएको १४६ ग्राम ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ७३ लाख रुपैयाँ पर्छ ।

प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ । ब्राउन सुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

timesofpradesh.com  बाट

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment