झापा
हङकङमा एक व्यक्तिलाई विरोध प्रदर्शन गरेको भन्दै नौ वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिमाथि हातमा नारा लेखिएको एउटा झण्डा लिएर प्रहरी अधिकारीहरूको अघि मोटरसाइकल चलाएको आरोप थियो ।
टोङ यिङ–किटले हातमा बोकेको झण्डामा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ लेखिएको थियो । यसअघि पनि ती व्यक्तिलाई पृथकतावाद र अतिवाद भड्काएको आरोपमा दोषी ठहर गरिएको थियो ।
हङकङमा विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअनुसार मुद्दा चलाइएका पहिलो व्यक्ति टोङ यिङ–किट हुन् । यो निर्णयसँगै आउँदा समयमा यही सुरक्षा कानुनअनुसार कस्तो कारबाही गरिनेछ भन्ने प्रष्ट भएको छ ।
सन् २०२० मा यो कानुन लागू गरिएपछि एक सयभन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन् । यो कानुनले हङकङको स्वायत्तता कमजोर बनाउने र लोकतन्त्र समर्थक कार्यकर्तालाई सजाय दिन सजिलो हुन आलोचकहरू बताउँछन् ।
तर चीनले भने हङकङमा स्थिरता ल्याउन यो कानुन आवश्यक भएको तर्क गर्दै आइरहेको छ । सन् २०१९ मा हङकङमा व्यापक रूपमा लोकतन्त्र समर्थकको आन्दोलन सुरु भएपछि यो कानुन ल्याइएको थियो ।