1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २२ आइतबार

मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण



अच्युत सुबेदी, झापा – 

शनिबार एक कार्यक्रमका बिच मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ को आयोजनामा आयोजित कार्यक्रममा १ सय ५२ जना मुक्तककारका मुक्तक समाबेस रहेको सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको हो ।

नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ शाखाका अध्यक्ष बाबुराम पोखरेलको सभापतित्व तथा प्राज्ञ विवस पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिच सभापति, प्रमुख अतिथि, विराट साहित्य अभियानका अध्यक्ष मधु पोखरेल, झोराहट नाट्य परिवारका अध्यक्ष भरत गुरागाईँ, नारी स्रस्टा समाजकी अध्यक्ष ममता मृदुलको हातबाट संयुक्त रुपमा सामुहिक मुक्तक सङ्ग्रह बिमोचन गरिएको प्रतिष्ठानका सचिव मदन भण्डारीले जानकारी दिनुभयो ।

सङ्ग्रहको समिक्षा साहित्यकार हरि कट्टेलले गर्नुभएको कार्यक्रममा मधु पोखरेल, भरत गुरागाईँ, ममता मृदुल, भुषण ढुङ्गेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरमा भएको कार्यक्रममा सामुहिक सङ्ग्रह भित्रबाट प्रतिनिधि मुक्तक वाचन तारा पराजुली ढकालले गर्नुभएको थियो । सामुहिक मुक्तक सङ्ग्रहमा एक जना मुक्तककारका ४ मुक्तक समाबेश रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालक नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ शाखाका सचिव मदन भण्डारीले गर्नुभएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment