1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १७ बुधबार

अपांगता भएका मानिसलाई गरामनीमा खाद्यान्न वितरण



झापा –

झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी

व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध गराएको खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले जानकारी गराए पश्चात उनीहरुलाई राहत उपलब्ध गराइएको सहयोगी दाता गोपाल मुखियाले जानकारी दिए ।

४२ परिवारलाई राहतस्वरुप प्रति परिवार ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन लगायतका खाद्यन्न मुखियाले सहयोग गरेका हुन् । उक्त सामाग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले प्रदान गरेका थिए ।

वडा ७ का वडाध्यक्ष चन्द्रकला पकुवालको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रमका संयोजक कुमार भट्टराइले प्रकाश पारेका थिए । अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापाले दातालाई धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन अपांगता स्वालम्बन संस्थाका सचिव हरि अधिकारीले गरेका थिए ।

 

Comment