1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १७ बुधबार

बुहारी आवाजद्वारा कालिकापीठमा कपडा वितरण



झापा- 

मेची महाकाली संयुक्त बुहारी आवाज केन्द्रीय समिति र झापा जिल्ला समितिले कालिकापीठ कालीस्थानमा अध्ययनरत विद्यार्थीहरुलाई बस्त्रादि वितरण गरेको छ । अर्जुनधारा नगरपालिका–९ मा कालिकापीठ कालीस्थानद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठमा अध्ययनरत ३२ जना बटुकहरुलाई भेष्ट र धोती वितरण गरिएको हो ।

मेची महाकाली संयुक्त बुहारी आवाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले र झापा जिल्ला समितिका अध्यक्ष शिखा खड्का गणेशले पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेललाई आज आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

बुहारी आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का खणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफलेले  संस्थाले गरेका गतिविधि र संस्थाका भावी लक्षबारे प्रष्ट्याउनुभएको थियो । बक्ताहरुले संस्थाकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले संस्थामार्फत सामाजिक काममा सामाजिक सेवामा लाग्न उत्प्रेरित गरेकोप्रति आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा पीठका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल एवं प्राचार्य आ. रघुनाथ रिजालले सत्पात्रमा गरिएको दानले दाताको समुन्नति हुने चर्चा गर्दै बुहारी आवाजको सहयोगप्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नुभयो ।

प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले कालिकापीठको ऐतिहासिकता एवं हालसम्म भए÷गरेका गतिविधिबारे जानकारी गराउँदै हिंसापीडित महिलाहरुको अधिकार रक्षा र सामाजिक क्षेत्रमा बुहारी आवाजले गरेका कार्यहरु प्रसंशनीय भएको बताउनुभयो । यसैगरी मेची महाकाली संयुक्त बुहारी आवाजका अध्यक्ष शिखा खड्का र विर्तामोड–२ निवासी कामेश्वर गणेशलाई कालिकापीठको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

पीठका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र र कर्णबहादुर तामाङ, कोषाध्यक्ष खडानन्द खतिवडा लगायत सदस्यहरु र बुहारी आवाजका सहसचिव अम्बिका दाहाल गिरी, कोषाध्यक्ष परु सुवेदीसहित संस्थाका सदस्य एवं आजीवन सदस्य, दमक उपसमितिका सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Comment