1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

जन्मदिनमा पत्रकार सहारा उपचार कोषका लागि एक लाख ११ हजार सहयोग



झापा –

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड निवासी समाजसेवी महेन्द्र गिरी र ज्योति गिरीले आफ्नी छोरी कृतिमाको जन्मदिनको अवसरमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

सामाजिक अभियन्ता गिरीसहित उनकी श्रीमती ज्योति तथा छोरी कृतिमाले मंगलबार एक संक्षिप्त कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । सहयोग प्रदान गर्दै गिरीले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी पत्रकारको दिगो विकासमा केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको जानकारी दिए । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख, एकका लागि एक अभियानका संयोजक तथा दर्जनौ संघसंस्थामा आबद्ध गिरीले यसअघि पनि बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई , अध्यक्ष एकराज गिरी , उपाध्यक्ष केशव भट्टराईलगायतले समाजसेवी गिरीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखेको अध्यक्ष गिरीले जानकारी दिए । कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको उनले बताए । कोषमा हालसम्म झण्डै ४५ लाख रुपैयाँ जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment