1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ असोज १३ मंगलबार

गजल – बिष्णु कार्की



बिष्णु कार्की , अर्जुन्धारा १०, झापा

घिनघिन बज्ने मादलुको तालै राम्रो आहा
छमछम नाच्ने मयुरको चालै राम्रो आहा

हेरि रहुँ जस्तो लाग्ने घरीघरी उनको रूप
हेलम्बूको स्याउ झै रातो गालै राम्रो आहा

लेक बेशी हात समाई दुःख सु:ख संगै गर्दा
घाम छल्ने एउटै बर्को पालै राम्रो आहा

चाँदनी त्यो रुप भित्र गाजलुले सजिएको
मृगी नयन मेघ् झै कालो बालै राम्रो आहा

फँसे पछि नछुट्टिने दैव दशा लागे पनि
मुटु बाँध्ने पीरतिको जालै राम्रो आहा

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment