1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

हल्दिबारीमा एमाले अध्यक्षका लागि ४ आकांक्षी, सर्वसम्मत नभए भोलि निर्वाचन



झापा –

नेकपा एमालेको प्रथम हल्दिबारी गाउँ अधिवेशनको पहिलो दिन सर्वसम्मत नेतृत्व चयन हुन सकेन । अध्यक्ष पदका लागि ४ जनाले आकांक्षा राखेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

गाउँ कमिटी अध्यक्षका लागि त्रिलोचन सापकोटा , हरि गौतम , नारायण लुइटेल र हर्क तामाङले आकांक्षा राखेका हुन् ।त्यस्तै एक सचिव पदका लागि तीन जनाले दावी गरेका छन् । त्यस पदका लागि हरिकृष्ण अधिकारी , महेशलाल मेचे र सागर पोर्तेल दावेदार देखिएका हुन् । आज दिनभरि सर्वसम्मतको लागि प्रयास गर्ने र सर्वसम्मत नभए भोलि निर्वाचन हुने जनाइएको छ । हल्दिबारी गाउँ अधिवेशनमा २८१ जना प्रतिनिधिले भाग लिएका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment