1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १३ सनिबार

पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने



 झापा- झापाको सूर्योदय टेलिभिजनमाआवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगकालागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँप्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमानमुख्यमन्त्रीभीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।

टेलिभिजनमा बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा १ खुदुनाबारीमा रहेको आफ्नो घर जानेक्रममा भदौ २ गते साँझ ८ बजे उनीमोटरसाइकल दुर्घटनामा परेकाथिए । शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टाभाँचिएको थियो ।

खुट्टाको हड्डीलाई पूर्ववत अवस्थामा ल्याउनकरिब ७ घण्टा लामो शल्यक्रिया गर्नुपरेको उनले जनाएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गरेर हालकरिब साढे तीनमहिनादेखि बेड रेष्टमा रहेका तिलक विपन्न परिवारका सदस्य हुन् ।
सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेसामालागेर जीविकोपार्जनकालागिसंघर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले यतिबेलानियमितऔषधीखानसमेत रकमअभावहुनथालेको उनको दुःखेसो छ ।
घाइते पत्रकार तामाङको वर्तमान अवस्थाकाबारेमा प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक सदस्यगोपालकाफ्लेलेबैठकमा जानकारी गराउँदै नियमावली२०७७ को दफा १६ बमोजिम रकम सहयोग गर्नुपर्नेमाजोड गरेका थिए । नियमावलीअनुसार नै हुनेगरी प्रस्तावआएकाले पत्रकार सुरक्षा कोषबाट खर्च लेख्ने गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

पत्रकार तामाङ हिंडडुल गर्नसक्ने अवस्थामा नरहेकाले सोझै उनको बैंक खातामा रकम पठाउने ब्यवस्थामिलाइएको पनिकार्यकारी निर्देशकशर्माले जनाएका छन् ।

Comment