यदु गौतम, बिर्तामोड –
पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बिर्तामोड ८ गरामनी बजारको सभाहलमा आयोजित साधारण सभामा समितीका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा केन्द्रिय समिती बरिष्ठ उपाध्यक्ष प्रल्हाद पौडेलको प्रमुख आतिथ्यता रेहेको थियो । नगर उपाध्यक्ष हरिप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रममा जिल्ला छाता संघका अध्यक्ष नेत्रप्रसाद पौडेल, अर्जुनधारा नगर समिती अध्यक्ष कृष्णप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट बिद्यार्थीको रुपमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने बिर्तामोड ८ निवासी प्रतीष्ठा लक्ष्मी पौडेल र बिर्तामोड ९ निबासी बिशाल पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै, असल बुहारीमा बिर्तामोड ९ कि गिता पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक बिर्तामोड ९ कि रिखेश्वरी पौडेल र बिर्तामोड ८ का उमानाथ पौडेललाई समेत सम्मान गरिएको सचिब पारस पौडेलले जानकारी दिनुभयो ।
यसैबीच समितिको बन्दसत्रले हरिप्रसाद पौडेलको अध्यक्षतामा १४ सदस्य नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सागर पौडेल, सचिबमा प्रेमा पौडेल, उप सचिबमा टंकप्रसाद पौडेल र कोषाध्यक्षमा सुश्मा पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा सुरेन्द्र पौडेल, ज्ञानबहादुर पौडेल, दिपक पौडेल, केदार पौडेल, जयप्रसाद पौडेल, लक्ष्मीप्रसाद पौडेल, निशा पौडेल, बिष्णुप्रसाद पौडेल र दिननाथ पौडेल चयन हुनुभएको छ । नगर भित्र हाल ३ सय १० घर परिवार बसोबास गर्दै आएको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१