अच्युत सुबेदी, झापा –
पाँचथरका बिभिन्न बैंकहरुमा काम गर्ने कर्मचारीहरुले औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन गरेका छन् । कर्मचारीहरुलाई एकबद्ध गर्दै बैंकहरुको समुन्नत बिकास सँगै आइपरेका समस्यालाई सहज समाधान गर्ने उद्धेश्यले सस्था गठन गरिएको जनाइएको छ ।
एन.सी.सी. बैंकका साखा प्रमुख रुपेश परसैलाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा नेपाल बैंकका रोबिन दाहाल र नेपाल एस. बि. आई. बैकका दिपक दवाडी रहनुभएको छ । नव गठित समितिको सचिवमा गुडविल फाइनान्सका भिमनिधि तिवारी (बिक्रम), सह–सचिबमा एक्सल बैंकका गोपाल पौडेल, कोषाध्यक्षमा गुडविल फाइनाक्सका सन्देश तिम्सिना र सह–कोषाध्यक्षमा प्रभू बैंककी चाँदनी थापा रहनुभएको छ ।
समितीले आगामी दिनमा बैकलाई ग्रामिण भेगमा समेत सबैको पहुँचमा पुर्याउने सँगै सामाजिक उत्तरदाहित्व बहन गराउने अध्यक्ष परसैलाले बताउनुभयो । एसोसिएसन गठन पछि बैकहरु बिचको अस्वस्थ प्रतिस्पर्धा कम हुने सँगै एकआपसमा सहजिकरणलाई सहज बनाउने समेत सचिब तिवारीले बताउनुभयो । एसोसिएसनले आगामी दिनमा महिनामा एक पटक वा आवश्यकता अनुसार बित्तय साक्षरता कार्यक्रम राखेको र समग्र बैकको दरिलो खम्बाको रुपमा रहने उहाँको भनाइ रहेको छ ।