यदु गौतम, झापा –
यहि पौष ९ गते हुने सुन्दर निचाझोडा वन उपभोक्ता समूह बिर्तामोड ७ को निर्वाचनका अध्यक्षका उमेद्वार बद्रि प्याकुरेलले आपूm माथि बिपक्षिले निराधार गलत हल्ला पैmलाएको भन्दै आपत्ति जनाएका छन् । आ.व. ०७७–०७८ मा वडा गौरभको आयोजना अन्तरगत “मानव हात्ति द्वन्द न्युनिकरण” शिर्षकमा छुट्याइएको २५ लाख रुपैयाँ रकममा अनियमितता भएको भन्ने हल्ला निराधार भएको नेकपा एमाले बिर्तामोड नगर कमिटी सदस्य अविरल कृष्ण खरेलले बताए ।
त्यो समितीको अध्यक्ष प्याकुरेल भएको भएपनि त्यो रकम रकमान्तर भएको कार्यवाहक वार्ड अध्यक्ष चन्द्रकला पक्वालले जानकारी दिइन् । उनले भनिन्, “मानव हात्ति द्वन्द न्युनिकरण शिर्षकमा छुट्टिएको रकम फोक्तालुङ् र श्रीजंगा टोलमा रकमान्तर भएकाले प्याकुरेलबाट कुनै हिनामिना भएको छैन ।” साथै उनले गलत हल्लाको पछि नलागि प्रगतीशिल राष्ट्रवादी समूहका उमेद्वारहरुलाई अमुल्य मत दिएर बिजयी गराइदिन अनुरोध समेत गरिन् ।
प्याकुरेलले हालसम्म बिभिन्न सडकको उपभोक्ता समिती, कल्भर्ट पूलको उपभोक्ता समिती र सामुदायीक आवास निर्माणमा महत्वपूर्ण काम गरिसकेका छन् । साथै कोभिड १९ को समयमा राहत बितरण लगायतका काममा समेत महत्वपूर्ण योगदान पूर्याएको खरेलले बताए ।