1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

झापामा २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी



झापा – जिल्लामा अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ। स्वास्थ्य कार्यालयले गत असार

मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोशिल्ड लगाएका करिब १५ हजार जनालाई बुस्टर डोज दिने तयारी छ।

उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए। जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन्।

हाल जिल्लाका १५ वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ। जिल्लामा बुस्टर डोज दिन थप ६० हजार डोज खोप स्वास्थ्य मन्त्रालयसँग माग गरिएको लुइँटेलले बताए। खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर