यदुप्रसाद गौतम
केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक कार्यक्रमको आयोजना गरि उनिहरुले आपूmहरु एमालेमै रहेको जनाएका हुन् ।
“चिनेका साथीहरु आएका थिए फोटो खिचाउँदिन भन्दा पनि तानेर लगेर खिचाए,” स्थानिय दिपा ओझाले भनिन् “पछि बुभ्mदा पो थाहा भयो अर्को पार्टीमा प्रवेश गरेको हल्ला फिजाउन रहेछ ।” पहिले देखि अहिले सम्मनै आपूm एमालेमा रहेको उनले बताएकि छिन् ।
स्थानिय नेता अभिरल कृष्ण खरेलको अगुवाइमा प्रदेश १ का सांसद माननिय एकराज कार्की, एमाले जिल्ला कमिटि सदस्य हडम मुर्मु, एमाले बिर्तामोड ७ वार्ड कमिटी अध्यक्ष केशव कार्की लगायतले उनिहरुलाई एमाले प्रवेश गराएका थिए । एमाले प्रवेश गर्नेमा कांग्रेस र माओबादीका कार्यकर्ता सँगै समाजवादीमा प्रवेश गरेको भनेर हल्ला फिजाइएका गरि २५ जना भन्दा बढि रहेका छन् ।