1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

उप्रेतीद्धारा निर्वाचन प्रक्रिया बहिस्कार



 
झापा- कनकाई उद्योग बणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सोमनाथ उप्रेतीले निर्वाचन प्रक्रिया बहिस्कार गर्नुभएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै मतदाता नामावलीमा फरक मत राख्दै आफुले उम्मेद्धारी प्रक्रिया लगायातको सम्पुर्ण कार्यक्रममा सहभागि नहुने घोषणा गर्नुभएको हो ।
यस अघि सोमनाथ उप्रेतीले अध्यक्षको उम्मेद्धारी घोषणा गर्नुभएको थियो । निर्वाचन प्रयोजनका लागि बन्द सत्रमा १०५७ जना मतदाताको मतदाता नामावली टास गरिएको थियो । उक्त हस्त लिखित नामावली अस्पष्ट र दर्ता नम्बर समेत नरहेको भनी व्यावसायीहरुले निर्वाचन समितिलाई प्रष्ट नामावली टास गर्न अनुरोध गरेको थियो । त्यससपछि कार्यसमितिले सदस्य थप गरेर १४०१ जनाको नामावली निर्वाचन समितिलाई बुझाएको थियो । उक्त नामावलीमा व्यावसायीको चर्को विरोध पछि कार्यसमितिको निर्णय सहित ल्याउनका लागि निर्वाचन समितिले माग गरेपछि कार्यसमितिको बैठक बसी पुन छलफल गर्दा सहमति हुन सकेको थिएन । आज शनिवार विहान सल्लाहकार, विशिष्ठ सदस्य सहित कार्यसमतिको बसेको बैठकमा सहमति हुन सकेको थिएन । त्यसपछि बहुमतीय प्रक्रिया अनुुसार सदस्यको सङख्या १२२७ बनाइएकोमा उप्रेतीले फरक मत राख्दै बाहिरिनुभएको हो । उप्रेतीले निर्वाचनको विश्वव्यापी मान्यता भन्दा राजनैतिक सहमति माथि रहेको भन्ने कार्यशैलीको विरोध गर्दै आफु यथास्थितिमा निर्वाचन प्रक्रियामा नजाने घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । आफु उद्योग वाणिज्य संघमा भएको खराब गतिविधिको वारेमा उद्योगी व्यावसायीको विचमा जाने समेत उप्रेतीले बताउँनुभयो । यस अघि कार्यसमितिको बैठकमा समेत आफुले फरक मत राखेको समेत जानकारी दिनुभयो । नियम संगत रुपमा बन्द सत्रमा राखिएको १०५७ जनाको नाममै निर्वाचन भएको खण्डमा भने आफु निर्वाचन प्रक्रियामा सामेल हुने उप्रेतीको भनाई छ । देशमा ठुला ठुला आन्दोलनहरु राजनैतिक दलले सफल पारेको तर संघ संस्थाको निर्वाचनमा भने दल भन्दा पनि व्यावसायी माथि हुनुपर्नेमा कनकाईमा यसो नहुनु दुखद भएको उप्रेतीको भनाई छ ।
गत फागुन २० गते भएको संघको अधिवेशनमा जम्मा १०५७ जना सदस्यको नामवली नाम टास गरिएको थियो । पछि निर्वाचन मण्डलले दुई पटक सम्म नामवली सच्चाउनलाई फिर्ता पठाएको थियो । यसमा उप्रेतीको फरक मत राख्दै आउनुभएको छ । उप्रेती कनकाई उद्योग वाणिज्य संघको दुई कार्यकाल सचिव, दुई कार्यकाल महासचिव र पछिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहदै आउनुभएको थियो । उप्रेतीले कार्यसमितिमा रहेपनि नरहेपनि निरन्तर व्यावसायीको पक्षमा लागिरहने प्रतिवद्धता जनाउनुभएको छ ।

Comment