1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २१ आइतबार

सुरुङगा जेसीजले गर्याे होली मिलन कार्यक्रम



कनकाई – सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रम गरि मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होली पर्व मनाईएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो । आज शुक्रबार बिहान १० बजे कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको सास्कृतिक सयोजक एवम कार्यक्रम कि संयोजक सारिका गिरीले जानकारी दिनुभयो ।
वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन जेसि खुस्बु पौडेल तिम्सिनाले गर्नु भएको शिक्षा सयोजक निर्मला खड्काले जानकारी दिनुभयो । कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगर उपप्रमुख मन्जु प्रसाईंलेले होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएकाले त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख प्रसाईंलेले यस्ता सामाजिक सघ सस्थाका कारण पछिल्लो समय महिलाहरू लाई अगाडी बढन मद्दतपुग्ने गरेको बताउनु भयो ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।
कार्यक्रममा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाईएको थियोे । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइने गरिन्छ । होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।
कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम ओली , रोटरी क्लब अफ कनकाई सुरुङ्गा का अध्यक्ष सुशील कुमार श्रेष्ठ , नि वर्तमान अध्यक्ष यदुका ओलि उप्रेती , सुरुंगा जेसीजका पुर्व अध्यक्षहरु शिव कुमार कडेल, कमल प्रसाद कटेल ,सहकार्य युवा क्लबका पुर्व अध्यक्ष राज कुमार कटेल लगाएतले शुभकामना राक्नु भएको सुरुङगा जेसीज वर्ष २०२२ का उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिनुभयो ।

सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ ।
जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भए सगै सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाईएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

Comment