झापा-
बिर्तामोडका युवा व्यवसायी अर्जुन कुमार चुडालले आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको छ । फजुल खर्च गर्नुको साटो उहाँले जन्म दिनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको पछाडिपटिको लागि करिब ५० हजार मुल्य बराबरको गृल गेट प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
साथै उहाँले बिर्तामोडको बि. एण्ड सी. अस्पतालमा उपचाररत प्यारालाइसिसका बिरामी इलामका धिरज मगरको उपचारका लागि नगद १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
जन्म दिनमा सामाजिक सेवा गर्ने उद्देश्यले आफुले यस्तो कार्य गरेको उहाँले बताउनुभयो । साथै सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको समेत उहाँले बताउनुभएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१