1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

हल्दिवारीमा ३ दिवसीय पत्रकारिता तालीम सुरू



हल्दिवारी- हल्दिवारीमा तीन दिवसीय आधारभूत पत्रकारीता तालिम आज शनिबारबाट संचालन भएको छ ।प्रेस क्लव हल्दिवारीको आयोजना तथा हल्दिवारी गाउँपालिका न्यायीय समितिको सहयोगमा संचालित तालीममा हल्दिवारीका ३० जना युवाहरुको सहभागिता रहेको छ ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यता तथा प्रेस क्लव हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमलिको सभापतित्वमा शुरुभएको तालीमको उद्घाटन प्रमुख अतिथी गिरीले व्यानर पडेर गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले तालीम पश्चात् सत्य तथ्य समाचार लेख्न सहयोग मिल्नेमा जोड दिदै तालीममा सहभागी हरुमध्ये एक जनालाई हल्दिवारीमा ५ बर्षमा शिक्षा समितिले गरेको कामको समाचार लेखन मद्ये प्रथम हुनेलाई ५ हजार नगद दिने घोषणा समेत गर्नु भएको छ ।

तालीमले सामाजिक संजालमा हुने बिकृतीलाई समेत रोक्न मद्दत पुग्ने उहाँले बताउनु भयो । कार्यक्रममा प्रशिक्षक गोपाल काफ्ले , क्लबका सल्लाहकार नरेस चुडाल लगायतले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थिए ।

हल्दिवारी गाउँपालिका वडा नम्बर -२ रेडक्रस भवनमा आज बैशाख ३ गते शनिबारबाट शुरु भएको तालीम ५ गते सम्म संचालन हुने छ । उद्घाटन सत्र कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष याम दङ्गाल र सचिव देविका अधिकारीले गर्नु भएको थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर