1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

एक घर एक रोजगार सिर्जना गर्छौ, बलदेव



 

अर्जुनधारा, बैशाख  २२  नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ ।चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको हो ।गोमदेनले १ नम्बर वडामा देखीएको नदि कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताकासाथ हल गर्ने बताउनु भयो । उहाँले कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई आफुहरुले पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो ।कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र १ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार बिष्णुलल ढकालले पनि स्थानीय जनताका गुनासो र समस्याहरुलाई पालिका सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताउनुभयो ।

अर्जुनधारा १ मा वडासदस्य पदमा उम्मेदवार बनेका उम्मेद्वारहरुले मतदाताहरु समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर