1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता



बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् ।

बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ तत्पर रहने बताउनुभएको छ ।

एमाले सरकारमा रहँदा लोकप्रिय काम गरेको तर परमाधेसको सरकार आएपछि बिर्तामोड ७ का नागरिकमा पनि नैरास्यता देखिएको बताउँदै खरेलले अब तीनै तहको सरकारमा एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले वडा भित्रको शिक्षा, स्वास्थ्य, खानेपानी, गरिवी निवारण, महिला अधिकार, यूवा लक्षित कार्यक्रम लगायत अधुरा रहेका आधारभूत बिकास संरचनाको काम पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले जनताको भावना बुझेर बिकासका काम गर्ने समेत बताउनुभयो ।

उहाँले नेकपा एमाले देशैभर लोकप्रिय पार्टी रहेको र आफ्नो वडामा पनि एमालेको पल्ला भारि रहेकोले जित सुनिश्चित रहेको बताउनुभयो ।

उहाँले बिहिबार आफ्नो वडा भित्र पर्ने गरामनी बजार, मिलडाँडा, खालबाडी लगायतको क्षेत्रमा आफूलाई अमुल्य मत दिन अनुरोध गर्दै घरदैलो गर्नुभएको छ ।

यस वडामा जम्मा ५ हजार ३ सय ८० मतदाता रहेका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर