1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १८ बिहिबार

बिर्तामोड ४ मा एमालेको चुनावी अभियान सँगै मतदाता शिक्षा कार्यक्रम प्रभावकारी



बिर्तामोड । नेकपा एमाले बिर्तामोड ४ ले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । मत बदरको अवस्था नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको पार्टीले जनाएको छ ।

निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकै कारण धेरै मत बदर हुने अवस्था रहेको छ ।

बिर्तामोड बजार एरियाबाट सुरु गरिएको कार्यक्रममा भोट हाल्ने, मतपत्र पट्याउने र मतपत्र आधिकारिक छ कि छैन भनेर रुजु गर्ने लगायतका बिषयमा मतदातालाई सिकाइएको कार्यक्रम प्रचार कमिटी संयोजक तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य अमिरकुमार लिङ्देनले जानकारी दिनुभयो ।

आफ्नो पार्टीको भोट माग्ने भन्दा पनि सबै पार्टीका लागि भोट गर्ने तरिकामा ढुक्क हुने अवस्था बनाउने पार्टीको योजना रहेको उहाँको भनाइ छ ।

बिगतका निर्वाचनमा आयोगले मतपत्र बदर नहोस् भन्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको थियो ।

तर,यस पटकको निर्वाचनमा बिभिन्न पालिकामा आफ्नै किसिमका मतपत्र हुने सम्भावना धेरै रहेपनि आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेन ।

आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेपछि राजनीतिक दलहरु आफ्ना मतदातालाई प्रशिक्षित गर्न आपैm कसिएका हुन ।

यस्तै, नेकपा एमाले बिर्तामोड ४ ले चुनावी प्रचारलाई तिब्रता दिएको छ । वडाका बिभिन्न टोल–टोलमा पुगेर समृद्व नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन एमालेबाट वडाका सबै उम्मेद्वार सहित घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

आफुले जितेमा सबै क्षेत्रलाई समेटेर लाने वडाअध्यक्ष पदका उम्मेद्वार राहुल कुमार शर्माले बताउनु भयो ।

आयोगले मतदाता शिक्षा सञ्चालन नगरेको र मतदाताले अहिले सम्म आधिकारीक मतपत्रको नमुना नदेखेका कारण उनीहरुमा कसरी मत हाल्ने भन्ने बिषय अन्योल छ ।

Comment