1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम



झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ ।

व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो ।

गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको हो ।

तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।

तालिममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दै हुनुहुन्छ ।

शुक्रवारसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको छ ।

Comment