1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १५ सोमबार

आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा



अर्जुनधारा ।

झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ ।

लामो समयदेखि चिकित्सक पेशामा रहेका डा.रबिन्द्र लाल दास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
उक्त डाइग्नोष्टिक सेन्टरको उद्घाटन आज शुक्रबार डा.रविन्द्रका पिता ७८ बर्षिय उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा गरेका थिए ।
त्यस क्षेत्र सहित ग्रामीण भेगका बिरामीलाई सम्पूर्ण सुबिधासहितको उपचार सेवा पु¥याउने हेतुले डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक डा. रबिन्द्रले जानकारी दिए ।
आफ्नो अनुभव र स्थानीयको स्वास्थ्य सेवा सुबिधाका लागि क्लिनिक सञ्चालनमा ल्याएको डा. रबिन्द्रले बताएका छन् ।
उनले अनुभवी चिकित्सकहरुले ‘डे केयर क्लिनिक’ अन्र्तगत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्ने जानकारी दिए ।
सञ्चालक डा. रबिन्द्रका अनुसार उक्त सेन्टरमा फिजिसियन, बालरोग, हार्डजोर्नी, गाइनो, नाक, कान, घाटी सहितको अनुभवी चिकित्सकले दैनिक सेवा दिने छन् । साथै सेन्टरमा भिडियो एक्सरे, इसीजी, भारतको सेरम कम्पनीको उच्च स्तरीय ल्यावलगायतका सेवाहरु समेत उपलब्ध हुने उनले जानकारी दिए ।

साथै आगामी दिनमा सेन्टरले कार्डियोलोजी, इन्डो टेक्नोलोजी, न्यूरो, बाँझोपन जस्ता सेवा पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
करिब २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सेन्टर सञ्चालक तथा डा. रबिन्द्रले उद्घाटनको अवसरमा ओपिडि सेवा निःशुल्क साथै ल्याब, भिडियो एक्सरे र इसीजीमा बिशेष छुटको ब्यवस्था भएको जानकारी दिए ।
डा.पोषणरमण त्रिपाटी, डा.रबिन्द्र लाल दास, डा.धिरज गिरी, डा. सिमाकुमारी सिन्हा दास, डा.यु विजय महतलगायतले सेन्टरमा दैनिक सेवा दिनेछन् ।

उद्धघाटन कार्यक्रममा जयन्ती लाइट हाउसका प्रोपाइटर तथा समाजसेवी बिबेक अग्रवाल, दिपचन अग्रवाल,फार्मेसी सञ्चालक खेमराज बस्नेत, राम उप्रेती, ल्याव टेक्निसियन बिक्रम गुप्तालगायतले शुभकामना दिएका थिए ।

Comment