1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

झापाका पालिकाहरुको बजेट रकम



झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् ।

  • मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
  • भद्रपुर नगरपालिकाले ९१ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
  • विर्तामोड नगरपालिकाले १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • कन्काई नगरपालिकाले ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • दमक नगरपालिकाले १ अर्ब ६३ करोड ४० हजार ४ सय ४४ रूपैयाँ बराबरको बजेट सार्वजनिक गर्यो । जुन झापाका पालिकामध्ये सबभन्दा बढी बजेट सार्वजनिक गर्ने पालिका हो ।
  • कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • झापा गाउँपालिकाले ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • कमल गाउँपालिकाले ७१ करोड १२ लाख ३३ हजार रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • गौरीगञ्ज गाउँपालिकाले ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
  • हल्दीबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजार ६ सय ७० रुपैयाँ बराबरको अनुमानित आय-व्यय प्रस्तुत गरेको छ ।
  • बुद्वशान्ति गाउँपालिकाले ५६ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित आय-व्यय प्रस्तुत गरेको छ ।

बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले बजेट रकम सार्वजनिक गरेका छैनन् ।

Comment