1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

बिर्तामोड ७ मा रहेको मियाबाढी खोलामा अस्थायि तटबन्ध



बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको मियाबाढी खोलाको कट्टानबाट हुने सम्भावित जोखिमबाट बच्न अस्थायि तटबन्ध गरिएको छ ।

निरन्तरको बर्षाका कारण पानीको बहाव बढेसँगै कट्टान शुरु भएपछि त्यसबाट वरपरका १० भन्दा बढि घर जोखिममा परेका थिए ।

बर्षा रोकिएपछि बिहिबारबाट वडाकार्यालयको आह्वानमा प्रदेशसभा सदस्य एकराज कार्की, जनप्रतिनिधी, ससस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानियको श्रमदानमा तटबन्ध गरिएको हो ।

स्वतस्पूmर्त रुपमा पूर्वेली मजदुर यातायात प्रा.ली.का १० जना भन्दा बढि प्रतिनिधी सहित ५० भन्दा बढिले श्रमदान गरेका थिए ।

बिर्तामोड नगरपालिकालाई २ हजार वटा खाली बोरा र बालुवा माग गरेर तटबन्ध गरिएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो ।

बिहिबार र शुक्रबारमा सम्भावित जोखिम हुने स्थानमा रोकथाम गरि सकिने पूर्वेली मजदुर यातायात प्रा.ली.का सचिव गणेश कोइरालाले जानकारी दिनुभयो ।

Comment