बिर्तामोडका विभिन्न होटलहरूमा यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् ।
जस मध्ये ८ जना महिला र १ जना पुरष रहेका छन् ।
प्रहरीको प्ररम्भीक अनुसन्धान अनुसार १ पुरुष निर्दोष भएपछी प्रहरीले रिहा गरेको छ ।
दिनदहाडै यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले शनिवार छापा मारेको हो ।
अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सूर्योदय टोलको एउटा घरबाट १ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक होमराज दाहालले जानकारी दिनु भयो ।
पक्राऊ परेकाहरूको परिचय प्रहरीले खुलाएको छैन ।
उनीहरुबाट लागु औषतकारुपमा प्रयोग गरीने विभिन्न ट्यावलेट पनि बरामत गरीएको छ ।
उनीहरूलाई आवश्यक सोधपुछ र थप अनुसन्धानका लागि प्रहरीले नियंत्रणमा राखेको छ ।
प्रहरीले बिर्तामोड एरियाका अन्य होटलरुमा पनि छापा मारिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी रूगम बहादुर कुबरले बताउनुभयो ।
सरोकावालाहरु सँगको अन्तरक्रियाका क्रममा होटलहरूमा यौन क्रियाकलाप बढेको गुनासो आएपछि छापामारीएको उहाँले बताउनु भयो ।
सुन्दर सामुदायीक प्रहरीसेवा केन्द्रको आयोजनामा बिर्तामोड ४ मा शुसासन शान्ती सुुब्यवस्था कायम गर्न र अर्मयादीत कृर्याकलापलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनी सम्बन्धित सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
सोही क्रममा आएका गुनासाका आधारमा अन्य होटलमा समेत छापा मार्ने योजना प्रहरीले बनाएको जनाईएको छ ।