1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

बेपत्ता बालक प्रनिशलाई खोजिदिन परिवारको आग्रह



झापा । झापाको बिर्तामोड नगरपालिका–७ तितृडाँगीका १५ बर्षिय बालक प्रनिश शिवाकोटी एक हप्ता देखि परिवारको सम्पर्कमा आएका छैनन् । असार २३ गते बिहिबार बिहान ६ बजे स्कूलमा कोचिङ पढ्न भनि गएका उनी खाना खाने समयमा घर नआएपछि खोजी सुरु गरिएको छ ।

आफ्नो सानो छोरालाई बिद्यालय पठाएर कोचिङ पढ्न गएको ठूलो छोरालाई खाना पर्खिएर बसेकि झापा बिर्तामोड ७ कि नम्रता शिवाकोटी अहिले सोहि छोराको खोजीमा छिन् । कोचिङ कक्षा सकिएपछि सधैँ सुरु सुरु घरमा आएर खाना खाने पनि बिद्यालय जाने उनका १५ बर्षि छोरा एक हप्ता देखि सम्पर्कमा छैनन् । घटना गत असार २३ गते बिहिबारको हो । स्थानिय कञ्चन बोर्डिङ स्कूलमा कक्षा ८ मा पढ्दै गरेका बालक प्रनिश शिवाकोटी सोहि बिद्यालयमा कोचिङ कक्षा पढ्थे । साइकलमा गएका उनी सधैँ कक्षा सकिएपछि खाना खान घर आउने र फेरि स्कूल जाने गर्थे । तर, त्यो दिन भने साथीहरु सँग दिदिकोमा जान्छु भनि हिँडेको र किताब साथीलाई नै जिम्मा दिएको परिवार स्रोतले बताएको छ । उनको साइकल भने बुट्टाबारीमा चाबी नलगाइ बेवारिसे अवस्थामा छोडेको भेटिएको छ । तर उनी सम्पर्कमा छैनन् ।

उनीसँग यत्रो दिन खान र बस्न पुग्ने पैसा पनि छैन । नत लुगा कपडा नै । परिवार, आफन्त, साथी भाई, छरछिमेकी र प्रहरी प्रसाशन उनकै खोजिमा छ । भेटाउनलाई सहज हुन्द कि भन्दै ज्योतिसि समक्ष पनि परिवार नपुगेको हैन । तर, कतै बाट उनको पत्तो लाग्न सकेको छैन । कतै घुम्दै फिर्दै छिमेकी देश भारत पो गए कि भन्ने आसंका पनि छ परिवारमा ।

उनको खोजिमा स्थानिय तह पनि लागि परेको छ । अन्य सबै निकाय र संयन्त्रमा खबर पनि गरिएको छ । बुट्टाबारी, चारआली आसपासका जंगल क्षेत्रमा समेत खोजि सकिएको छ । उनलाई खोज्न सामाजिक सञ्जालको समेत व्यापक प्रयोग गरिएको छ । त्यति मात्र हैन कञ्चन बोर्डिङ स्कूलका शिक्षकहरुको टिमले भारतिय बजार पानीटंकी र आसपासका क्षेत्रमा उनी अंकित स्टिकर बनाएर सवारी साधनमा टाँस्ने काम समेत गरेको बिर्तामोड ७ का वडाअध्यक्ष अभिरल कृष्ण खरेलले बताउनुभयो ।

गहुँगोरो वर्ण भएका प्रनिस शिवाकोटीले घरबाट हिड्दा सेतो सर्ट र निलो पेन्ट लगाएका थिए । पाँच फिट उचाइ भएका उनको खोजी गरिदिन परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा आग्रह समेत गरेको छ । साथै देख्नु वा भेट्नुहुने महानुभावले मोबाइल नम्बर ९८०४९५५६५७ मा खबर गरिदिन वा नजिकैको प्रहरी चौकिमा खबर गरिदिन आग्रह समेत गरेको छ ।

Comment