1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

धान रोप्ने बेला पानी नपर्दा झापाका किसानलाई समस्या



झापा । सरकारले त ठग्यो ठग्यो प्रकृतिले पनि यतिबेला कृषकलाई नराम्ररी झापड हान्यो । रोपाइको सिजनमा मल दिन नसकेको सरकारले न त उन्नत बिउ दिन सक्छ, न त राहत नै ।

प्रकृतिले पनि यस पटक कृषकलाई साथ दिएको छैन । असार दोस्रो साता आएको पानीले खेतियोग्य जमिन कट्टान गर्नुका साथै किसानले लगाएका आली समेत बगायो ।

तर बिडम्बना त्यस बेला धान रोप्न नभ्याएका किसानको खेतमा यतिबेला पर्याप्त पानी छैन । धान सुपरजोन झापामा अहिले सम्ममा ९० प्रतिशत धान रोपाइ भैसक्नु पर्ने हो ।

तर, बर्षा नभएकै कारण ६० प्रतिशत मात्र रोपाइ सकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । धान रोपाइँको मध्य समयमा खडेरी हुँदा तराईका जिल्लाका किसान निराश बनेका छन् ।

पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने रोपेको धान बाली पनि सुक्न थालेको छ । वर्षा हुने आशमा किसान रात दिन आकाशतिरै हेरेर बस्न बाध्य छन् ।

तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन । सिचाइको पर्याप्त व्यवस्था गर्न नसकेको सरकारका प्रतिनिधिले आफ्ना पिरमार्का बुझ्न सम्म नआएको झापा अर्जुनधारा नगरपालिकाका किसान खड्गबहादुर दाहालको गुनासो छ ।

असार दोस्रो साता दुई दिनसम्म परेको झरीले किसानलाई राम्रो भन्दा पनि नराम्रो धेरै गर्यो । बाँभैm जोत्न नभ्याइ बाढि आउने गरि पानी पर्यो तर खेतमा टिकीराख्न सकेन ।

अहिले खेत सुकेर पट् पटी फुटेको छ, पानी पर्न सकेको छैन । मध्य असारमा सामान्य झरी पर्दा हतार हतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाँजा फाटेर भर्खरै रोपेको धानबाली सुक्न थालेपछि चिन्तित भएका छन् ।

भोल्टेजकै समस्याका कारण खेती सिँचाइ गर्न नपाएको झापाको बिर्तामोडका किसान डिल्लीराम अधिकारी बताउनुहुन्छ ।

यस अघि पनि गत कार्तिक महिनामा काटेर खेतमा सुकाइएको अगुवा धान बेमौसमी वर्षाले भिजाएर किसानको हरि बिजोक पार्यो । एक त हावाले धान लडायो भने अर्को बर्षाले डुवायो ।

पिरमा परेका कृषकले सरकारको आश्वासन पनि पत्याए । नोक्सानका आधारमा कृषकलाई राहत दिने भनेर घोषणा गरेको सरकारले तथ्याङ्क संकलन गरे भैmँ पनि गर्यो । तर, राहत पाउनेआफुहरुको आशा अभैmपनि रहेको किसान अधिकारी बताउनुहुन्छ ।

सरकारलाई कृषकको गुनासोको हेक्का कहिले हुने हो त्यो त भन्न सकिन्न । तर यति चाहिँ हो आश्वासन जनाइसकेपछि त्यो पुरा गर्नु सरकारको दायित्व हो । सरकारी आश्वासनको आशमा कृषक अभैm पनि छन् । राहत दिने घोषणा गरेको संघिय सरकारले त्यो पुरा गरेन । आफ्नो पालिका भरि सिचाइ पुर्याउँछु भनेर मोटर बोरिङ बाड्ने स्थानिय सरकार त्यो बोरिङ चल्ने गरि बिद्युत भोल्टेज किसानले पाएका छन् कि छैनन् ख्याल गर्दैन ।

बाली बिमाका लागि पनि कुनै सरकारले पहल देखाउँदैन । त्यस तर्पm तीनै तहका सरकारको ध्यान जाओस ।

 

 

Comment