बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनको सपना एमालेले अण्डा फुटाए झैँ फुटाएको बताउनुभएको छ ।
स्थानिय तहको निर्वाचनमा एमालेलाई हराउन गठबन्धन गरेपनि अन्ततहः अरु पार्टीको भन्दा बढि मत एमालेले ल्याएको बताउनुभयो ।
शुक्रबार बिर्तामोडमा नेकपा एमालेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले जनताको माया र सद्भावका बिचबाट आएको पार्टी एमाले रहेको भन्दै जनताकै आशा र भरोसाको केन्द्र रहेको बताउनुभयो ।
देश र जनताको आवश्यकताको पार्टी रहेकोले एमालेलाई बाँकि सबै राजनितिकदल मिल्दा पनि हराउन नसक्ने तर्क गर्नुभयो ।
पार्टी एकिकरण गरेको र स्थानिय, प्रदेश र संघको निर्वाचनमा एमालेको उपस्थिती अत्यन्तै राम्रो देखिएपछि यो पार्टीलाई हराउनुपर्छ भनेर अलोकतान्त्रिक गठबन्धन बनाएको उहाँले आरोप लगाउनुभयो ।
गठबन्धन सरकारले भ्रष्टाचारी र बिदेशीका अगाडी घुँडा टेक्ने नेपाल खोजेको आरोप लगाउँदै ओलीले गत्तरतर्फ बाटो खोल्न नहुने र चुच्चो नभएको नेपालको नक्सा खोजेको बताउनुभयो ।
हुलाकी र मदन भण्डारी राजमार्ग एमाले सरकारको प्राथमिकतामा भएपनि गठबन्धनले साथ दिन नखोजेको बताउँदै ओलीले कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा एउटा पनि भन्न लायक नयाँ काम नगरेको बताउनुभयो ।
अहिले बैंकमा तरलताको अभाव सृजना हुनुमा सरकारको कमजोरी भएको ओलीको तर्क थियो ।
यस्तो अवस्थामा देशलाई पुर्याउने परमाधेसको सरकारलाई बचाइराख्न र अपबित्र गठबन्धनलाई जिताइराख्न नेकपा एमालेले नसक्ने भन्दै अध्यक्ष ओलीले देशलाई निकास दिन अब एमालेको नेतृत्व आवश्यक भएको बताउनुभएको छ ।