बिर्तामोड। नेपाल इंलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा द्वारा संस्था को आजिवन सदस्य हरुको लागि एक दिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोड मा सम्पन्न गरेको छ। अंग्रेजी भाषा शिक्षक हरु को लागी आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालय मा कार्यरत शिक्षकलाई संस्था को आजिवन सदस्य बने बापत नेल्टाले स्वागत गरेको हो। नेल्टा झापा ले जिल्लामा शिक्षक को पेशागत विकास मा सहयोग गर्न बिभिन्न किसिमका तालिम तथा सेमिनार, गोष्ठी र शिक्षक तालिम को आयोजना गर्दै आएको छ। संस्था ले शैक्षिक सामग्री निर्माण तथा वितरण गर्ने कार्य समेत गर्दै आएको छ। बिगत एक बर्षमा नयाँ सदस्यता हासिल गरेका ४० जना नयाँ सदस्यलाई खादा ओढाएर अबिर लगाई नेल्टा झापा का अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई र उपाध्यक्ष केशव मैनाली ले स्वागत गरेका थिए। सो अवसरमा केन्द्रीय सदस्य भट्टराई ले झापा जिल्लाको बिगत बर्षहरुमा भएका कृयाकलाप र आगामी कार्यक्रम हरु बारेमा जानकारी दिएका थिए। कार्यक्रममा सहभागी हरुले आ-आफ्नो परिचय दिदै संस्था का आगामी कार्यक्रम बारेमा जिज्ञासा राखेका थिए। कार्यक्रममा इक्यान झापा अध्यक्ष मिलन ओली, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन का अध्यक्ष सुमन शर्मा जमरकट्टेल लाईमलाइट एजुकेशन कन्सल्टेन्सी का दिपक वाग्ले, लगायतका अतिथि हरु ले मन्तव्य राखेका थिए। कार्यक्रममा नेल्टा सदस्य जेनी राई, केशव उप्रेती, संगिता बस्नेत, राम प्रसाद पराजुली, डेजी श्रेष्ठ, भानु वाशिष्ठ, पुजा खतिवडा, दुर्गा रेग्मी लगायत ले आफ्नो अनुभव प्रस्तुत गरेका थिए। होटल सिभांस हेवेन पार्कमा आयोजित उक्त कार्यक्रम नेल्टाका उपाध्यक्ष केशव मैनाली ले स्वागतर सचिव टिका प्रसाद सुवेदी ले संचालन गरेका थिए। कार्यक्रम नेल्टा झापा अध्यक्ष धर्मेन्द्र भट्टराई को सभापतित्वमा सम्पन्न भएको थियो।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१