1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ८ आइतबार

बिर्तमोडस्थित रुपेश्वर शिव पञ्चायान मन्दिरमा एक दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न




झापा– झापाको बिर्तमोड ४ आनन्द गञ्जमा रहेको रुपेश्वर शिव पञ्चायान मन्दिरमा १८ गते सनिवार  एक  दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । शिव पाञ्चायन मन्दिरका अध्यक्ष भक्ती प्रसाइको अध्यक्षाता तथा सम्बिधान सभा सदस्य सुधिर कुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । दुर दराजमा रहेका अति  बिपन्न गरिव परिवारका मनिसहरु ठुला ठुला अस्पताल तथा क्लिनिकमा  उपचार गर्न नसक्ने भएकोले यस्ता प्रकारका सिविरले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवाकोटीले जिकिर गरेका छन् । शिवाकोटीले साम्सद कोषबाट १ लाख रुपैया मन्दिर निर्माण सम्पन्न गर्न सहयोग गरेका थिए । जग्गा दाता अस्वस्थ अवस्थामा  रहेका छबीलाल प्रसाइलाई शिवाकोटीले घरमै गएर रुद्राक्षको माला पहिराएर स्वास्थलाभको कामना गरेका छन् । रबिन आयुर्वेदिक फार्मेसिका सञ्चालक रणदेव हजामले सामाजिक दायित्व अन्तरगत हरेक वर्ष झापाका बिभिन्न ठाउहरुमा स्वास्थ्य सिविरको आयोजना गर्ने गरेको बताएका छन् ।

स्वाथ्य सिविरमा पायल्स, महिनावारिको समस्या, महिलाहरुको तल्लो पेटको समस्या, स्तनको गाठागुठि, निसन्तानको समस्या, बाथ तथा नसाका रोग महिला पुरुषहरु गरी २ सय जना भन्दा  बढिलाई आयुर्वेद चिकित्सक डा अहिल्या मैनालीले रोग परिक्षण गर्नु भएको थियो ।

 सिद्ध फर्मुलेसन, सगरमाथा आयुर्वेदिक औषधी उधोग, भास्कर हर्वास्यूटिकल्स, अष्टाङ्ग आयुर्वेदिक औषधी उधोग , एमिल फर्मा , ओजोस  हर्वास्यूटिकल्स, गोरखनाथ हर्वास्यूटिकल्स, गोरखा आयुर्वेदिक औषधी उधोग, फ्लुर हिमालयन, ग्रेस हर्वास्यूटिकल्स लगाएतका औषधी उधोगहरुले निशुल्क आयुर्वेदिक औषधी उपलब्ध गराएका थिए । हजामले औषधी उधोगहरुलाई स्वास्थ्य सिविरमा आयुर्वेदिक औषधी निशुल्क उपलब्ध गराएको प्रती आभार सहित धन्यवाद व्यक्त गरेका छ्न् ।

समाजसेवी हेम कुमार खड्का, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, उपाध्यक्ष सञ्जिव चापागाइ, मन्दिर ब्यवस्थापन समितिका सचिव राज कुमार प्रसाइको आर्थीक सहयोग रहेको थियो । कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य सङ्घका पुर्व अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उधोग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु नेउपाने, बिर्तामोड खानेपनिका सचिव मेघराज बास्तोला, शिक्षिका  सारीता मगर, आशा परियार, प्रेम भट्टराई, उर्मिला प्रसाई, स्वास्थ्यकर्मिहरु  कुशहरी धमला, राम नारायण मण्डल, सुशिल राजवन्शी एवम युवराज ओली लगायतको वृहत उपस्थिती रहेको थियो ।  कार्यक्रम  सञ्चालन  चन्द्र  खरेलले गरेका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment