1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

बिर्तामोडले दियाे नगर अस्पताल भवन निर्माण कम्पनीलाई धरौटी जफत हुने सम्मकाे चेतावनी



बिर्तामोड – बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ । भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरि कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

भवन २०७९ साल असार १ गते सम्पन्न गर्नेगरी सम्झौता भएकोमा तोकिएको समयभित्र काम सम्पन्न गर्न पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत कार्यप्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण समयमा काम सम्पन्न नभएको बताए ।

भवनमा प्लोरिङ, इलेक्ट्रिसिटी,झ्यालढोका, रंगरोकन, प्लम्बिङलगायतका काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रा.लिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment