1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २४ मंगलबार

झापाको सुरुङ्गामा नबिल बैंकको शाखा विस्तार




कनकाई – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा नबिल बैंकको शाखा सञ्चालनमा आएको छ ।शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोख्रेलले गर्नु भएको थियो । बैकका सि ई ओ ज्ञानेन्द्र प्रसाद ढुगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अब चाडैं नविल बैक सग मिलेर कनकाईवासीहरुका लागि स्वरोजगार तथा आत्मनिर्भर बन्ने कृषक लक्ष्ति कार्यक्रममा सम्झौता हुन लागेको जानकारी गराउनु भयो।
कार्यक्रममा विभिन्न सघसस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , अन्य बैंकका प्रमुख तथा प्रतिनिधि , सुरक्षाकर्मि लगायत २ सय बढी मानिसको उपस्थिति रहेकोे थियो।
कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश नबिल बैंक मेची कलस्टर प्रमुख सरोज श्रेष्ठले गरेको कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी ,प्रदेश नं। १ उद्योग बाणिज्य संघ सदस्य कुमारमणि पोख्रेल , नेकपा एमाले नगर सचिव दीपक चापागाई, कनकाई सामुदायिक बनका अध्यक्ष खेम ओली, सुरुङ्गा जेसीज अध्यक्ष सुश्मा न्यौपाने, समाजसेबी युवराज संग्रौला, शिवकुमार कडेल, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, कनकाई वडा नं.४ का अध्यक्ष रोशन सुवेदी, २ का वडाध्यक्ष प्रताप राई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाललगायतले शुभकामना मन्तव्य राखेको बैंककी सुरुङ्गा शाखा प्रमुख अर्चना दाहालले जानकारी दिनुभयो। बैंकले सुरुङ्गासहित देशभर आज मात्रै आठ वटा शाखाको उद्घाटन गरेको शाखा प्रमुख दाहाले बताउनुभयो । यो वर्ष देशैभर अन्य ३० वटा शाखा सञ्चालन गर्ने लक्ष्य राखेको बैकका सि ई ओ ढुगानाले जानकारी दिनुभयो। कार्यक्रमको सन्चालान नविल बैंक बिर्तामोड शाखाका कर्मचारी सरोज खतिवडाले गर्नुभएको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment