1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

मुक्तककार राधारमाको निधनप्रति समवेदना



इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ ।

यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो ।

२०३० साल मंसिरमा झापाको सुरुङ्गामा जन्मिएर इटहरीमा पारिवारिक जीवन बिताइरहनु भएकी राधारमा एक होनाहार उदियमान साहित्यकारको रुपमा परिचित हुनुहुन्थ्यो ।

साहित्यमा पनि खास गरी भाव गाम्भीर्यका दृष्टिले चोटिला मुक्तक रचना गरेर प्रभावशाली मुक्तककारका रूपमा उहाँ स्थापित हुनुहुन्थ्यो ।

उहाँको निधनले साहित्यिक जगत नै शोक विह्वल हुन पुगेको शाखाले जनाएको छ । समवेदना प्रकट गर्न बिभिन्न साहित्यिक संस्थाहरुका पदाधिकारीहरु इटहरी पुगेका थिए ।

राधारमा प्रभावशाली मुक्तककारको रुपमा स्थापित हुनुभएको र उहाँका मुक्तकहरू प्रकाशनयोग्य भएको हुँदा राधारमाको मुक्तक सङ्ग्रह प्रकाशन गर्न नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं एक शाखाले जिम्मेवारी लिने अध्यक्ष बाबुराम पोखरेलले बताउनुभयो ।

साथै यसको तयारी र व्यवस्थापनको जिम्मा आफुले लिने उहाँले घोषणा समेत गर्नुभयो ।

श्रध्दाञ्जली तथा समवेदना प्रकट गर्न मोरङका साहित्यिक संस्थाहरु वेलबारी साहित्य विकास समिति, खोटाङ सामाजिक सेवा मञ्च, डियर कल्याण प्रतिष्ठान, विराट साहित्य सङ्गम, लघुकथा समाज प्रदेश १, मधुवन गोधुलीको साथी, नारी स्रष्टा समाज, स्रष्टा समाज वेलबारी, विराट कला साहित्य समाज सन्दरहरैचा, अम्बे मुरारी सेवा केन्द्र, पतञ्जली योग समिति योग चौतारी लगायतका संस्थाका पदाधिकारीहरु त्यहाँ पुगेका थिए ।

Comment