1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १७ बुधबार

हल्ट प्राइज एट आइ.एम.एस. ले गर्यो फेब्रिक डोनेसनको सफलतापुर्बक समापन



 

काठमाडौं – हल्ट प्राइज एट आई.एम.एस. ले अन क्याम्पस इभेन्टमा गरिने भनिएका विभिन्न कार्यक्रमहरुमध्ये फेब्रिक डोनेसनको सफलतापुर्वक समापान गरेको छ।
यहि पौष ५ र ६ गते गरि दुइ दिन भएको उक्त कार्यक्रममा आइ.एम.एस. कलेजका शिक्षक, विद्यार्थी, र अन्य स्टाफहरु लगायत ९० जनाले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रम सुरु गर्न हल्ट प्राइज एट आई.एम.एस. ले हरियो बिरुवामा कलेजको कान्छो विद्यार्थीबाट पानी हालेर औपचारिक सुरु गरेर, हरियो पृथ्वी बनाउने कार्यक्रममा सांकेतिक समर्थन पनि जनाएको क्याम्प डाइरेक्टर विकेश अधिकारीले बताउनु भयो। कार्यक्रममा सहभागी सम्पूर्णमध्ये बाट ५ जनालाई लक्की – ड्र मार्फत छनोट गरि पुरस्कार पनि वितरण गरिएको छ।
कार्यक्रम जाडोको समयमा भएको कारणले गर्दा डोनेसनमा तातो र न्यानो कपडाहरु बढि जम्मा भएको र जम्मा भएको सम्पूर्ण कपडाहरु आवश्यक वर्ग सम्म पुगोस भन्ने उद्देश्यले सो कपडाहरुलाई आवश्यक वर्गलाइ हस्तान्तरण गरिने कुरा कलेजका कार्यक्रम निर्देशक बिराज घिमिरेले बताउनुभयो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment