1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

ब्यवसायिक प्रगति देखि सबै क्षेत्रमा चक्मा दिँदै उप्रेती



बिर्तामाेड । २०५८ साल तिर झापाको बुधबारेबाट सामान्य घर व्यवहार चलाउन सक्ने मात्रै जेथो लिएर बिर्तामोड झरेका बिनोद उप्रेतीको काँधमा ठूलो जिम्मेबारी थियो ।

बुबा, आमा र दिदिहरुको हात समाएर बिर्तामोड आउँदै गर्दा उनी सम्झिन्थे म यही जुनीमा मेरो परिवारलाई सुख सयलमा राख्न सक्छु कि सक्दिन होला ? उनको बुबा आमाको दु:ख को कथा सुन्दा जो कोहिको आँखा रसाउछ , उनले घर परिवार र दिदिहरुले गरेको संघर्ष कहिलै बिर्सिदैनन , तर, अहिले उनी आफ्नो सपना साकार बनाउन तिर लागेका छन् ।

समाज सेवामा अत्यन्तै रुची राख्ने उप्रेती समाजसेवासँगै आफु पनि सबल बनेका छन् । गरिब दुःखीलाई सकेको सहयोग गर्ने उप्रेती जग्गाको कारोबारबाट फस्टाएका हुन् ।

सानै उमेरबाट मेहनती उनी आफैँ कमाउन नथालिञ्जेल फजुल खर्च गर्नु हुँदैन भन्ने मनसायका थिए । युवा ब्यवसायी अर्जुन कुमार चुडालले उनलाई संरक्षण गरेका छन् , उनले व्यापार वा जागिर रोज्ने क्रममा घर जग्गाको कारोबार गर्ने आदर्श ल्यण्ड एण्ड हाउजिङ्ग कम्पनिमा अर्जुन चुडालले स्थान दिए।

जग्गाको कारोबार भन्ने बित्तिकै बिना लगानीमा धेरै आम्दानी हुने व्यवसाय हो भन्ने आम मानिसको बुझाइ छ । तर, उनको व्यवहार त्यस्तो नभएर सामान्य आम्दानी हुने मानिसका लागि उनी घर र जग्गा उपलब्ध गराउँदै आएका छन् ।

उनी भन्छन्, धेरै नाफामा जग्गा किनबेच गर्नु भन्दा पनि सामान्य नाफा राखेर सेवा दिन सके भोलीका दिनमा पनि ग्राहाकसँगको सम्बन्ध उस्तै रहने र उनीहरुले सहि मान्छे मार्फत लगानी ठिक ठाउँमा गरेँछु भन्ने सम्झन्छन् र आफ्नो नाम बेदाग रहन्छ ।

उनी थप्छन्, म सँग कारोबार गर्ने मान्छेले कस्को जग्गा किन्दै छन् त्यहि मान्छेसँग भेट हुन्छ र दामकाम हुन्छ । उनले आफ्ना ग्राहाकका लागि फाइनान्स, कारोबारमा सहजिकरण लगायतका सेवा पनि दिइरहेका छन् ।

त्यतिमात्र नभएर सहि कारोबार गर्ने भएकाले जग्गा किन्ने र बेच्ने धेरै मान्छे सम्पर्कमा आउने हुँदा रोजेर जग्गा किन्ने सुबिधा समेत रहेको उनी बताउँछन् ।

उनलाई अहिले आदर्श ल्यण्ड एण्ड हाउजिङ्ग कम्पनिका प्रो , अर्जुन कुमार चुडालले घरको सदस्य जतिकै बिश्वास गरेको र आफुलाई मार्केटिङ मेनेजर को जिम्मेवारी का साथ कम्पनीमा शेयर समेत दिएको बताउँछन् ।

उनी युवा ब्यवसायी अर्जुन कुमार चुडाललाई आफ्नो जिवनको रियल हिरो को उपनाम दिन हिच्किचाउदैनन ।यही पेसाबाट अहिले उप्रेती गाडी चड्न सफल समेत भएका छन् ।

उनको प्रगति देखेर आफन्त र साथीभाइ समेत दंग छन् । पढाइको सिलसिलामा होस वा बिबाह गर्दा, राजनिति गर्दा होस वा आर्थिक प्रगति गर्दा उनी आफ्ना साथीहरुलाई सरप्राइज दिइरहेका छन् ।

पढाइको कुरा गर्दा उनी झापा बिर्तामोड नगरपालिका ९ मा रहेको श्री दुर्गा माविमा हुने हरेक गतिबिधिमा सक्रिय बिद्यार्थीको रुपमा परिचित थिए ।

हरेक कार्यक्रममा सक्रिय भएर लाग्ने उप्रेती जुनियर रेडक्रस सोसाइटिका सदस्य समेत थिए । पहिल्यैबाट आकर्षक व्यक्तित्वका धनी उनी सबै साथीहरुका लागि प्यारा पात्र समेत थिए । बिवाहका सिलसिलामा पनि उनले साथीभाइलाई छक्क पारे ।

को सँग माया प्रेम छ बिनोदको भनेर प्राय अलमलमा रहेका साथीहरुले बिर्तामोडकै रोश्ना पौडेललाई विवाह गरे राजनितिमा पनि उनको योगदान उस्तै छ ।

यस अघिनै गरामनी पब्लिक क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भैसकेका उप्रेती अहिले पनि विद्यार्थी राजनिति सँगै नेपाली कांग्रेसको राजनितिमा सक्रिय छन् ।

स्ववियू निर्वाचनमा आफूसँग अत्यन्तै निकट साथीसँग प्रतिश्पर्धामा उत्रिदा उनले त्यति भारी मतले विजय हाँसिल गर्छन भन्नेमा थोरैले मात्र अनुमान लगाएका हुन सक्छन् ।

उनले दाह्री ग्याङमा आवद्व भएर समेत धेरैलाई सहयोग गर्ने अवसर पाएका छन् । उनको गालामा दाह्री नभएको अनुहार कमैले मात्र देखेका होलान् ।

जुन अनुहार समाज सेवामा अत्यन्तै सक्रिय छ । यो सबै गर्न उनलाई उनको आर्थिक प्रगतिले साथ दिएको मात्र हैन, समाजसेवा गरेकै कारण परिचित भएर व्यापार राम्रो भएको हो भन्दा पनि यो लेख्ने लेखकलाई पाप नलाग्ला ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर