1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

झापामा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरि सम्पन्न



झापा । झापाको कनकाई नगरपालिकाले ३०१ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका विविध कार्यक्रम गरि मनाएकोे छ ।

नगरले गत २०७८ फागुन ७ गते कनकाई नगर प्रवेश द्वारमा स्थापना गरेको पृथ्बी नारायण शाहको शालिक परिसरमा बुधवार विविध कार्यक्रम आयोजना गरेको हो ।

पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरका आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले समुन्नत सम्पदा र दीगो पुर्वाधारको लक्ष्य सहित अगाडी बढेको कनकाई नगरपालिकाले नागरिकमा राष्ट्रिय एकतामा भावयुक्त जागरणका लागि विविध कार्यक्रम र योजना अगाडी सार्ने बताउनु भयो ।

उहाँले नेपाललाई असल लिडरको खाँचो रहेको बताउनु भयो । कार्यक्रका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि सांसद कार्र्की र नगर प्रमुख पोखरेलले पृथ्बी नारायण शाहको शालिकमा झण्डोत्तलन साथै शालिकमा माल्यार्पण गर्नु भएको थियो ।

श्री नाथ गण चारआली ब्यारेकबाट नेपाली सेनाले पृथ्बी नारायण शाहको शालिकमा झण्डोलन गरिएको थियो ।

Comment