1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ कार्तिक ८ सनिबार

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षमा आकाश उप्रेतीको उम्मेदवारी



बिर्तामोड ।  ऐतिहासिक विराटपोखरी रहेको झापाको बिर्तामोड ३ स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षका बिर्तामोडका आकाश उप्रेतीले उम्मेदवारी दिएका छन् ।

माघ १४ गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनका लागि उनले अध्यक्षकालागि दावेदारी प्रस्तुत गरेका हुन् ।

बिभिन्न सामाजिक कार्यमा सकृय उप्रेतीले यस अघि पनि धेरै पटक विराटपोखरी सरसफाइका काम गरिसकेका छन् ।

पोखरीको सौन्दर्यताका लागि किनारामा फूलका बिरुवा रोप्ने, सरसफाइ गर्ने, आसपासमा हुने अनैतिक कृयाकलाप रोक्न निग्रानी बढाउने लगायतका काम उनले यस अघिदेखि गर्दै आएका छन् ।

पोखरीका डिलमा निर्माण भएका चौतारामा बसेर हुने गरेको गाँजा लगायतका माधकपदार्थको सेवनको नियन्त्रणका लागि उप्रेतीले साँझ बिहान निग्रानी बढाएर निर्मुल पारेको बताएका छन् ।

विराटपोखरीको संरक्षण र संवर्धनका लागि उनले बिभिन्न योजनानै बनाएर काम गरिरहेका छन् । आफु अध्यक्षमा निर्वाचित भएपछि यसलाई झापाका धार्मिक तथा पर्यटकिय क्षेत्र मध्येको सबै भन्दा आकर्षक र प्रमुख गन्तब्यको केन्द्र बनाउन लागि पर्ने बताएका छन् ।

उनी सँगै अध्यक्ष इन्द्रप्रसाद प्रसाइ र इन्द्रनारायण प्रसाईले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै अन्य पदमा पनि एकभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा मनप्रसाद उप्रेती र मीना पाठक, सचिवमा दिपेश प्रसाई, जगन्नाथ भट्टराई र पुनम प्रसाई, सहसचिवमा नैनकला थापा र अर्जुन उप्रेती तथा कोषाध्यक्षमा दिनेश मैनाली र हेमचन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा कृष्ण बिमली, पर्शुराम कडरिया, टिकेन्द्र थापा र ठाकुर उप्रेती सदस्य रहेको निर्वाचन समिति गठन भएको छ ।

समितिले यस अघि सर्वसम्मतको प्रयास गर्दा नसकेपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

माघ १३ गते शुक्रवार उम्मेदवारी दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता र त्यसको भोलिपल्ट निर्वाचन गराउने कार्यक्रम रहेको संयोजक शिवाकोटीले बताए ।

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment