1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग



झापा ।  झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् ।

छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् ।

छोरा र छोरीको जन्मदिनको अवसर पारेर मंगलबार उनीहरुले बालगृहमा रहेका १८ जना बालबालिकालाई एक छाक खाना खुवाएर स्टिल दराज समेत प्रदान गरेका छन् ।

केक काट्ने लगायतका फजुल खर्च गरेर भन्दा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृहका बालबालिकाहरुलाई आवश्यक सामग्री राख्न छ कोठा भएको स्टिल दराज प्रदान गरेर जन्म दिन मनाउँदा नानीबाबुहरुमा पनि सकारात्मक सन्देश जाने भएर यसो गरिएको त्रिलोचनले बताए ।

उनले समस्या भएका बालबालिका, वृद्ध, असहायहरुलाई सहयोग गरि मनाउँदा खुसी लागेको बताए ।

 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment